रोजगार तथा सीप मेलामा स्वयंसेवकको सक्रियता: सेवाग्राहीलाई परामर्श दिन खटिए युवा
ईटहरी
सहरमा आयोजित 'रोजगार तथा सीप मेला-२०८३' मा युवा स्वयंसेवकहरूको भूमिका उच्च प्रशंसनीय देखिएको छ। कार्यक्रम स्थलमा आगन्तुकहरूलाई सहजीकरण गर्न, फारम भर्न सहयोग पुर्याउन तथा मेलाका गतिविधिबारे जानकारी गराउन निलो क्याप र ज्याकेट लगाएका स्वयंसेवकहरू निरन्तर खटिएका छन्।
मेलामा आएका एक सहभागीका अनुसार, "भिडभाड धेरै भएकाले कहाँ जाने र कसलाई भेट्ने भन्ने अलमल थियो, तर स्वयम्सेवक साथीहरूले एकदमै राम्रोसँग मार्गदर्शन गर्नुभयो।" मेलामा सहभागी विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले पनि स्वयंसेवकहरूकै कारण कार्यक्रम व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुन सकेको बताएका छन्।
आयोजकका अनुसार यस मेलामा युवाहरूलाई सीपमूलक तालिम, रोजगारका अवसर र व्यावसायिक सल्लाह एकै थलोबाट प्रदान भइरहेको छ। स्वयंसेवक टोलीले सहभागीहरूलाई आफ्नो योग्यता र रुचि अनुसारका कक्ष (Stall) हरूमा पुग्न मद्दत गरिरहेका छन्। युवा पुस्ताको यस्तो सक्रिय सहभागिताले मेलाको माहोल थप उत्साहजनक बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?