रोजगार मेलामा प्रविधिको प्रयोग: AI र प्रम्प्ट इन्जिनियरिङसम्बन्धी प्रशिक्षण सम्पन्न !
बढ्दो प्रविधिको युगसँगै रोजगार बजारमा प्रविधिको महत्त्व दर्साउन मेलामा कृत्रिम बुद्धिमत्ता (AI) तथा प्रम्प्ट इन्जिनियरिङसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ। हलमा आयोजित सत्रमा विषयविज्ञहरूले सहभागी युवाहरूलाई आधुनिक प्रविधिको प्रयोग र अवसरहरूबारे विस्तृत प्रस्तुति दिएका छन्।
प्रस्तुतिका क्रममा सहभागीहरूलाई AI को भूमिका, यसका कामहरू, ढाँचा (Format) र सन्दर्भ (Context) कसरी मिलाउने भन्ने विषयमा व्यावहारिक ज्ञान दिइएको थियो। कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रशिक्षणमा सहभागी एक विद्यार्थीले भने, "अहिलेको समयमा केवल पारम्परिक सीपले मात्र पुग्दैन, प्रविधि र AI को सही प्रयोग गर्न जान्नु अति आवश्यक भइसकेको छ। यो कार्यक्रमले हामीलाई नयाँ सोच र दिशा प्रदान गरेको छ।" आयोजकले भविष्यका लागि दक्ष जनशक्ति तयार पार्न यस्ता प्राविधिक सत्रहरू फलदायी हुने विश्वास व्यक्त गरेका छन्। सकाचार सुहाउदने ईमेज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?