मेरा साना दु:खले आर्जेकाे पार्टि हाइन, सबैलाई चेतना रहाेस !
रास्वपाको महाधिवेशन हुँदै गर्दा रवि लामिछानेलाई सम्झँदा ! रास्वपा पृथ्वी नारायण शाहले सानो दुःखले आर्ज्या मुलुक होइन भने जस्तै रवि लामिछानेको सानो दुःखले बनाएको पार्टी होइन।
राजनीतिमा छिर्दै गर्दा उनलाई ढोकामै रोकियो। देशको एउटा वर्ग उनीमाथि अरिङ्गाल खनिएझैँ खनियो। उनलाई अनागरिकसम्म घोषणा गरियो। मुद्दा मामिला त कति कति अनि कठोर जेल जीवन। तर आम जनताले भने उनको साथ कहिल्यै छोडेनन्।
मुकुल ढकाल, सुमना श्रेष्ठ, या सन्तोष परियार भनम् सबैले मौकामा चौका हान्ने कोसिस गरेकै हुन्। तर पुरै पार्टीले रवि लामिछानेलाई नै साथ दियो। मुकुल ढकालको त्यो मुखमा टेप टाँसेको दृश्य याद आउँछ। त्यो बेला रवि लामिछानेलाई गाह्रो थियो, पार्टी लरबराइ रहेको थियो। तर उनले ठूलो कौशलताका साथ पार्टीलाई सम्हाले। मुकुललाई केही पनि भनेनन्। गुनासो पनि गरेनन्।
रास्वपा अहिले दुई तिहाइको एक्लौती सरकार गठन गर्ने पार्टी भएको छ। यो अद्भुत काम रवि लामिछानेले गरेर देखाएका छन्। अब झन् ठूलो जिम्मेवारी थपिएको छ। किनकि भिजन भनेको पार्टी बनाउनेभन्दा पनि देश बनाउने हो। यो कुरा उनले आफ्नो अभिव्यक्ति र व्यवहारबाट देखाइ रहेका छन्।
रास्वपालाई महाधिवेशनको शुभकामना !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?